Categories प्रदेश २ समाचार हाइलाइट-समाचार

मुन्ना वीरगन्ज देखि भारतको राजधानी दिल्ली सम्म पैदल यात्रा गर्ने

Advertisement

वीरगन्ज,१४ साउन

Advertisement

रोहित कुमार गुप्ता
नेपाललाइ विश्वमा चिनाउन भन्दै वीरगन्जका एक युवाले वीरगन्ज देखि भारतको राजधानी दिल्ली सम्म पैदल यात्रा गर्ने भएका छन् ।

Advertisement

वीरगन्ज महानगरपालिका वडा नम्बर २ बस्ने शेख मुन्नाले वीरगन्ज देखि दिल्ली सम्मको करिब १०६० किलो मिटरको दुरी पैदल यात्रा गर्ने भएका हुन् ।

Advertisement

वीरगन्जको नेपाल पत्रकार महासंघको सभाहलमा शनिबार पत्रकार सम्मेलन गरेर उनले यस बारे जानकारी गराएका हुन् । नेपाललाई विश्व ब्यापापी रुपमा चिनाउने ,पर्यटन प्रवर्द्धन गर्ने तथा नेपाल –भारतको रोटी– बेटी एवं जन जनको सम्बन्धलाई अझै बलियो बनाउने उदेश्यका साथ यो पैदल यात्रा गर्न लागेको उनले बताए ।

पैदल यात्रा यही साउन २१ गते शनिबार बिहान ७ बजे वीरगन्जको घण्टाघरबाट प्रारम्भ गर्ने छन् । वीरगन्जबाट बिहारको रक्सौल , नरकटियागन्ज, रामनगर, बगाहा हुदै उत्तरप्रदेश पुगेर त्यहाँबाट गाजियावाद , बुलंदशहर, गाजियबाद हुदै दिल्ली पुगेर पैदल यात्रा पुरा गर्ने आफ्नो लक्षय रहेको जानकारी गराए ।

पैदल यात्राका लागि नेपाल र भारत दुवै देशका सम्बन्धित निकायबाट आफुले अनुमति पनि लिइसकेको पत्रकार सम्मेलन मार्फत जानकारी उनले दिए ।
वीरगन्ज देखि भारतको राजधानी दिल्ली सम्म पैदल यात्रा गर्ने क्रममा करिब दुइ लाख भारु खर्च हुने बताए । नेपाललाइ विश्वमा चिनाउन पैदल यात्रा गर्नका लागि हाल सम्म कुनै पनि राजनिति दल, संघ संस्था, उद्योगपती, व्यपारी लगयात कसैले पनि सहयोग नगरेको उनले जानकारी दिए ।

वीरगन्ज महानगरपालिका वडा नम्बर २ बस्ने शेख मुन्नाले मलाई सहयोग गर्न चाहानु हुनेले मेरो सनराइज बैंकको वीरगंज ब्रान्चमा रहेको खाता नम्बर ०१९१०२७३०३२०५००१ मा पैसा जम्मा गरेर सहयोग गर्न समेत अनुरोध गरेका छन् ।

Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *