Categories समाचार समाज

जन्मदिनको अवसरमा आश्रमलाई सहयोग

Advertisement

वीरगन्ज । जन्मदिनको अवसरमा आश्रमलाई सहयोग गरिएको छ। हाल तडकभडकका साथ मनाइने जन्मदिनमा लाग्ने खर्च आश्रममा आश्रित आमाबाबुका लागि दैनिकी प्रयोग हुने समान सहयोग गरिएको हो । 

पर्साको पर्सागढी स्थित पचरुखी स्वास्थ चौकीमा कार्यरत बिकास महतोले आफ्नो जन्मदिनको अवसरमा मानव सेवा आश्रम वीरगन्ज शाखामा दैनिक उपयोग हुने लगभग ५००० रुपैयाँ बराबरको खाद्यान्न सहित सरसफाइको साधन सहयोग गरेका हुन ।

Advertisement

सडकमा कष्टकर जिवन बिताइरहेका बेसाहारा आमाबाबुलाई आफ्नै परिवारको सदस्यसरह सेवा दिरहेको आश्रमलाई थोरै सहयोग गर्न पाउदा आफुलाइ खुसी भइरहेको महतोले बताए ।

Advertisement

सामाजिक कार्य रुचाउने महतोले दाइजो नलिई बिवाह गरेका छन् । उनी श्रीमती संग आश्रमकै प्रागंणमा आश्रित ५० जना आमाबाबुका बिच सहयोग गरि आफ्नो जन्मदिन मनाएको अनिषकान्त कुश्वाहाले जानकारी गराए ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *