अमित अग्रवाल
वीरगन्ज । बढ्दो तापक्रमसँगै तातो हावा बगिरहेको वीरगन्जमा अहिले केही बेरबाट भारी वर्षा भइरहेको छ । शनिबार अपरान्हदेखि मौसम बदली हुँदा वीरगन्जको वतावरण शीतल बनेको छ ।
दुई सातायता बढेको गर्मी र जिउ नै पोल्ने घामका कारण यहाँको जनजीवन प्रभावित बनेको थियो । अहिले वीरगन्जमा भारी बर्षा जारी छ । लगातार भइरहेको वर्षाले वीरगन्जको केही भागमा पानी समेत जमेको र केही भाग डुबानमा परेको छ ।
वर्षा हुनुअघि पनि वीरगन्जको तापक्रम उच्च थियो । पानी परेपछि सर्वसधारण सहित किसान हर्षित छन् । धेरैजसो वर्षाको पानीमा भिज्न घर बाहिर समेत निस्केका छन् ।







