Categories समाचार

बौद्धिमाई मन्दीरमा तोडफोड, एकजना पक्राउ

Advertisement

पर्सा । गएराती बाराको फेटा गाउँपालिकामा प्रसिद्ध बौद्धिमाई मन्दीरमा तोडफोड गरिएको छ । गाउँपालिकाको वडा नम्बर ३ स्थित फेटा टोलमा रहेको हिन्दूहरुको आस्थाको केन्द्रको रुपमा रहेको ऐतिहासिक धार्मिक स्थल श्री बौद्धिमाई मन्दीर असमाजिक तत्वहरुले तोडफोड गरी समाजमा अशान्ति मचाउँने प्रयास गरेका छन । मन्दीर परिसरमा रहेको कल (धारा)को मुडा फुटाईएको छ । रगतको समेत ठाउँ ठाउँमा छिटा परेको छ ।

अज्ञात समुहमा आएका असमाजिक तत्वहरुले मन्दीरको मुख्य प्रवेश द्धार मै रहेको बाघको मुर्तीमा तोडफोड गरेका छन । उनीहरुले मन्दीर प्राङगणलाई ईट्टाले प्रहार गरी भूईमा ओच्छ्याएको मार्बल, टालीमा तोडफोड गरेका छन । घटनाको दृष्य हेर्दा बौद्धिमाई माताको मुर्ती समेत तोडने प्रयास गरेको स्थानियले बताउँछन । माताको मुख्यमन्दीरको गेटमा ढुङगामुडा प्रयास भएको छ तर गेट बन्द रहेका कारण त्यसमा क्षति हुन सकेको छैन । यो दुस्हासस कस्ले र किन गरेको हो भन्ने कुरा अहिले सम्म खुल्न सकेको छैन । स्थानियले दोषीलाई यथाशिघ्र पत्ता लगाई कारवाहीको माँग समेत गरेका छन ।

Advertisement

समाजिक दंगा फैलाउँने उदेश्यले यो घटना घटाएको हुन सक्ने स्थानियले आशंका समेत गरेका छन । गाउँपालिकाको वडा नम्बर २ का वडा अध्यक्ष नरेश पटेलले घटनामा संलग्न दोषीलाई यथाशिघ्र पत्ता लगाई कारवाही गर्नुुपर्ने माँग समेत गरे । उनले, समाजमा अशान्ति मचाउँन र सम्प्रदायिक दंगा फैलाउँने उदेश्यले मन्दीरमा तोडफोड गरेको हुन सक्ने भएकोले प्रहरीले निश्पक्ष रुपमा छानविन गरी दोषीलाई कडा भन्दा कडा कारवाही र क्षतिपुर्ती पुरा गर्न माँग समेत गरे ।

Advertisement

यता बाराका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरिक्षक राजेश थापले घटनालाई गम्भिरता पूर्वक लिई अनुसन्धान गर्ने काम भईरहेको बताए । घटनामा संलग्न रहेको आशंकामा एकजना व्यक्तिलाई पक्राउ गरी अनुसन्धान गर्ने काम गरीरहेको बताए । उनले भने, रातीको घटना हो, मन्दीर बाहिर केहि क्षति पुर्याइएको छ ।

घटना स्थलमा रगत समेत खसेको देखिएकोले तालिम प्राप्त कुकुरलाई परिचालन गरी अनुसन्धान गर्ने काम गरेका छौ, प्रहरी नायब उपरिक्षक थापाले, मन्दीरमा तोडफोड गर्नेलाई कुनैपनि हालतमा छोडने काम हुदैन, प्रचलित कानुन बमोजिक कारवाही हुने छ । समाजमा अशान्ति मचाउँनेलाई कानुनी दायरामा ल्याएर नै छाड्ने बारा प्रहरी प्रतिबद्ध समेत रहेको उनले बताए ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *