Categories समाचार

वीरगन्ज महानगरमा कार्यरत पाँच जना कर्मचारीले पाए अवकाश

Advertisement

रोहित गुप्ता

पर्सा । वीरगन्ज महानगरपालिकामा कार्यरत पाँच जना कर्मचारी अवकाश पाएका छन् । विभिन्न समयमा महानगरको सेवामा लागेका विभिन्न तहका पाँच जना अवकाश पाएका छन् ।

Advertisement

अवकाश पाउनेमा सातौ तहका अधिकृत रामदयाल प्रसाद यादव (३२ वर्ष ) , जमदार पदका भिम प्रसाद दहाल र तेजबहादुर अधिकारी (२६ वर्ष ), कुचिकार पदका हरिन्द्र मलि डोम (४२ वर्ष ) र सरसफाइका खलिल मियाँ धोबी रहेका छन् । महानगरको सभाहलमा आयोजित एक कार्यक्रमका बिच अवकाश पाएका पाचै जना कर्मचारीहरुलाई प्रमुख अतिथि महानगरका मेयर राजेशमान सिंहले फुलमाला तथा कदरपत्र प्रदान गरि बिदाइ गरेका हुन ।

Advertisement

प्रमुख अतिथि सिंहले अवकाश पाएका कर्मचारीसंग आउने दिनमा अनुभव सहित साथ र सहयोगका लागि अनुरोध गरेका हुन । महानगरमा कार्यरतसम्पूर्ण कर्मचारी परिवनरलाई इमानदारीपुर्वक सेवा प्रदान गर्न निर्देशन दिएका हुन ।

स्थानीय तह कर्मचारी युनियनका कार्यवाहक अध्यक्ष सुधिर जंग राणाको अध्यक्ष्तामा भएको  बिदाई कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेल, शिक्षा माहशाखाका प्रमुख अरबिन्दलाल कर्ण लगायत कर्मचारीको उपस्थिति रहेको थियो ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *