Categories शिक्षा समाचार

शुल्क लगायत कुनै पनि बहानामा परिक्षामा रोक नलगाउन महानगरको अनुरोध

Advertisement

पर्सा । वीरगन्ज महानगरमा रहेको सामुदायिक तथा संस्थागत विधालयले कुनै पनि बहानामा परिक्षामा रोक नलगाउन अनुरोध गरिएको छ ।

यसअघि वीरगन्ज महानगरपालिकामा भएको सर्वपक्षिय छलफल र अनौपचारिक सहमति बमोजिम सामुदायिक तथा संस्थागत विद्यालयमा अध्ययनरत कुनै पनि बालबालिकालाई शुल्क लगायत कुनै पनि बहानामा परिक्षामा रोक लगाउने काम नगर्न नगराउनहुन अनुरोध गरिएको छ ।

Advertisement

नगर प्रमुखको सचिवालयले एक सुचना जारी गर्दै महानगर भित्रका बिधालयले बिधालयमा अध्यनरत बिधार्थीलाइ कुनै पनि बहानामा परिक्षा दिन रोक लगाउने जस्ता कार्य नगर्न नगराउन अनुरोध गरिएको नगरप्रमुखका स्वकीय सचिव सत्यराज धिमिरेले बताउनु भयो ।

Advertisement

विद्यालयले बालबालिकालाई परिक्षामा सहभागि हुन रोक लगाए वीरगन्ज महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखामा सम्पर्क गर्न अनुरोध समेत गरिएको छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *