अन्जु कुमारी
वीरगंज । मतदाता नामावलीमा यसअघि नाम छुटेकाहरुकालाई नाम समावेश गर्न समय थप्न आग्रह गर्दै मंगलबार वीरगंजमा पत्रकार सम्मेलनको आयोजना गरीएको छ ।
राष्ट्रिय दलित पत्रकार संघ नेपालको सहकार्यमा दलित सरोकार मंच नेपालले राष्ट्रिय दलित पत्रकार संघ , पर्साको सभाहलमा मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै संघका सल्लाहकार एव् दलित अगुवा बृजलाल पासवानले विभन्न कारणले यसअघि मतदाता नामावलीमा नाम समावेश हुन छुटेका दलित समुदायका मानिसहरुको मतदाता नामावलीमा नाम समावेश गर्नुपर्ने बताए ।
चेतनाको अभावमा दलित समुदायका कतिपय मानिसहरुको मतदाता नामावलीमा नाम समावेश हुन छुटेकाले निर्वाचन कार्यालयले वडा स्तर वा पालिका स्तरमा नै फोटो सहितको प्रकृया सुरु गर्नुपर्ने सरकारसंग माग गरे ।
यसका साथै नागरीकता विधेयक पारीत भएपछि आगामी दिनमा नागरीकता पाउने नागरीकहरुको पनि मतदाता नामावलीमा नाम समावेश हुन आवश्यक रहेको भन्दै उनले आगामी संसिरमा हुने भनिएको निर्वाचनलाई लक्षित गरेर भएपनि आगामी दिनमा नागरीकता पाउने नागरीकहरुलाई पनि मत हाल्नबाट बञ्चित गर्न नहुनेमा उनले जोड दिँदै सरकारलाई यसतर्फ ध्यानाकर्षण गराउन पत्रकार सम्म्लेनको आयोजना गरीएको बताए ।
राष्ट्रिय दलित पत्रकार संघ पर्साका अध्यक्ष श्याम पासवानको अध्यक्षतामा आयोजित पत्रकार सम्मेलनमा संघकी सदस्य एव् वीरगंज महानगरपालिका वडा नम्बर ३ की सदस्य संगिता दास , नेपाल पत्रकार महासंघ पर्साका कोषध्यक्ष संजिव मिश्राा , पत्रकार रमेश सुवेदी , मनोज पटेल लगायत विभिन्न संचारमाध्यममा आबद्ध पत्रकारहरुको उपस्थिती रहेको थियो ।







