वीरगन्ज । पछिल्लो समय नेपालका सरकारी कार्यालय कर्मचारीहरुको टिकटक बनाउने अखडा बन्न थालेको छ ।
केहीबर्ष यता समाजिक सञ्जालहरु मध्ये लोकप्रिय बन्दै गएको टिकटकमा सर्वसाधारण प्रयोगकर्ता रमाउन थालेपछि सरकारी कर्मचारीहरु कार्यालय समयमा समेत टिकटकमै ब्यस्त हुन थालेको पाईन्छ।
रौतहटको मौलापुर नगरपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहले कार्यालयको मर्यादा र अनुशासनलाई मिचेर टिकटक बनाउदै गरेको फोटो बाहिर आएको छ ।
मौलापुर नगरपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृत साहले आफ्नो श्रीमतीसँग आफ्नै कार्यकक्षमा टिकटक बनाउदै गरेको फोटो सार्वजनिक भएको छ ।
केही दिन अगाडि अधिकृत साहको श्रीमती रानी साहले निजको पदीय कुर्सीमा साहको काखमा बसी टिकटक भिडियो बनाएकी थिइन्
नगरपालिकाको प्रतिष्ठा र आफ्नो मर्यादालाई खिल्ली उडाउँदै नि.प्रमुख प्रशासकीय अधिकृत साहले आफ्नो पदीय कुर्सीमा बसी श्रीमतीलाई काखमा राखि टिकटकमा मस्त बन्न थालेको फोटो बाहिर आएको छ ।
केही दिन अगाडि उनको श्रीमतीले पदीय कुर्सीमा बनाएको टिकटक भिडियोबाट सो फोटो बाहिर आएको छ। हाल यो भिडियो निजको श्रीमतीकी प्रोफाइलबाट मिटीएको छ ।
व्यक्तिगत जीवनमा रमाइलो गर्नु राम्रो हो तर जिम्मेवारी बहन गरिरहेको समय र सरकारी कार्य कक्षमा आफ्नै श्रीमतीसँग रमाए पनि खेद जनक हो।
टिकटकमा छाडा किसिमको प्रवृत्ति बढ्दै गएपछि पछिल्लो समय पटक पटक नेपालमा टिकटक एप बन्द गर्न आवाज पनि उठिरहेको छ ।







