Categories समाचार

संघीय सरकारविरुद्ध मधेस प्रदेशको आन्दोलन घोषणा

Advertisement

अन्जु कुमारी

वीरगन्ज । मधेस प्रदेश सरकारले संघीय सरकारविरुद्ध आन्दोलन गर्ने घोषणा गरेको छ । 

Advertisement

बुधबार प्रदेश सरकारका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहले पत्रकार सम्मेलन गरी चरणबद्ध आन्दोलन गर्ने घोषणा गरेका हुन् ।

Advertisement

प्रहरी समायोजनको माग गर्दै मधेश सरकारले पटकपटक संघीय सरकारलाई आग्रह तथा दबाब दिने कार्यक्रम गरिरहे पनि बेवास्ता गरेको भन्दै मधेश सरकारका गृह तथा सञ्चार मन्त्रालयले आन्दोलनको उद्घोष गरेको हो ।

यही साउन २२ गते सबै दलका प्रदेशसभा सदस्यसहित सबै मन्त्रीहरूको उपस्थितिमा प्रदेश प्रमुखलाई ज्ञापनपत्र बुझाउने कार्यतालिका रहेको उनले बताए । सातदिने ‘अल्टिमेटम’सहितको ज्ञापनपत्रपछि पनि प्रहरी समायेजन नगरिए संर्घषका थप कार्यक्रम सार्वजनिक गरिने उनले चेतावनी दिए ।

उनले काठमाडौंमा प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गर्दा प्रहरी समायोजन गर्नमा प्रधानमन्त्री गम्भीर नदेखिएको आरोप लगाए ।

अहिले पनि संघीयताविरोधीहरूलाई बल पुग्ने गरी केन्द्र सरकारले काम गरिरहेको आरोप उनले लगाए । अधिकार नदिँदा संघयितामा पनि जनताको अपेक्षाअनुसार काम गर्न नसकेको उनले उल्लेख गरे ।

फोटो संभार
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *