वीरगञ्ज । पर्साको बहुदरमाई नगरपालिकाबाट सशस्त्र प्रहरीले ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गणबाट खटिएको सशस्त्र प्रहरीको टोलीले २ क्विन्टल ४० किलो गाँजा बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गणका सुचना अधिकारी सशस्त्र प्रहरी नायव उपरीक्षक सन्तोष कुमार बस्नेतले जानकारी दिए।
बहुदरमाई वडा नम्बर ७ छपकैयाँमा रहेको बाल निकेतन इङ्लिस बोर्डिङ स्कुलको पछाडीपट्टी रहेको झाडीमा लुकाएर राखेको अवस्थामा गाँजा फेला परेको पनि उनले बताए ।
प्रहरी देखेर तस्करहरु भने गाँजा झाडीमा फालेर भागेका थिए ।
बरामद गरिएको गाजा आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गण पर्साले जनाएको छ ।







