Rato Pana
समाचार

वरिष्ठ साहित्यकार दिनेशले लेखेका भोजपुरी भाषाको दुईवटा पुस्तकको विमोचन

वीरगन्ज । भोजपुरी भाषामा लेखिएका दुइ पुस्तकको शनिबार एक कार्यक्रम बिच वीरगन्जमा विमोचन गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्ब सदस्य एंव गोरखापत्र राष्ट्रिय दैनिक पत्रिकाको भोजपुरी भाषाका साहित्यकार दिनेश गुप्ताले भोजपुरी भाषमाा लेखेका सुतल अब ठिक नैखे नामक गजल संग्रह र हिरोशिमा नामक हाइकु संग्रहको विमोचन गरिएको हो ।

वीरगन्जको कलवार कल्याण समितिको अतिथी सदनमा शनिबार बिहान आयोजित कार्यक्रममा मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत , वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह लगायतकाले संयुक्त रुपमा विमोचन गरेका हुन् ।

त्यसअवसरमा नेपाल उद्योग वाणिज्य महासंघ मधेस प्रदेशका अध्यक्ष गणेश लाठ , वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष डाक्टर सुबोध गुप्ता , नेपाल भोजपुरी प्रतिष्ठानका अध्यक्ष उमाशंकर द्धिवेदी लगायतको पनि उपस्थिती रहेको थियो ।

कार्यक्रम सञ्चालन पोखरिया नगरपालिकाकि निवर्तमान उपमेयर तथा नेपाल भोजपुरी समाजकि उपाध्यक्ष सलमा खातुन ले गरेकि हुन ।

सम्वन्धित समाचार

Leave a Comment