Categories अर्थ समाचार

कच्चा तेलको मूल्य घट्यो, प्रति ब्यारेल कति ?

Advertisement

वीरगंज । कच्चा तेलको मूल्य रसिया युक्रेनबीचको युद्ध यताकै न्यून भएको छ। अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार यी दुई राष्ट्रबीच युद्ध सुरू भएयता प्रति ब्यारेल एक सय २४ डलरसम्म पुगेको कच्चा तेलको मूल्य बिहीबार ९४ डलरसम्ममा आएको छ।

अमेरिकी बेन्चमार्कको रूपमा मानिने वेष्ट टेक्सास इन्टरमिडियट भने प्रति ब्यारल ८९ रुपैयाँसम्मका कारोबार भइरहेको छ।बुधबार नै तेल उत्पादकहरूको संस्था ओपेकले सेम्टेम्बरमा दैनिक एक लाख ब्यारलले तेल उत्पादन वृद्धि गर्ने सहमति समेत गरेका थिए। यसरी दैनिक उत्पादनमा वृद्धि हुने एक लाख ब्यारल विश्वको मागको ०.१ प्रतिशत हो।

Advertisement

अमेरिकामा स्टकमा रहेको तेलसमेत ४५ लाख ब्यारेलसम्म पुगेको समेत समाचारहरूमा उल्लेख छ। भारतले समेत एक महिना यता दुई पटक गरेर नेपाल निर्यात गर्ने तेलमा ३२ रुपैयाँ घटाई सकेको छ। यसअघिका नोक्सान समायोजन गर्ने उद्देश्यले आयल निगमले भने दुई पटक नै मूल्य समायोजन गरेको छैन।

Advertisement

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्दाको फाइदा नेपालमा सुरु भइसकेको नेपाल आयल निगमले जनाएको छ । अंग्रेजी महिना जुलाईमा मात्रै अन्तर्राष्ट्रिय मूल्य र स्वदेशी खपत दुवैमा भएको कमीले समग्र भुक्तानी मूल्यमै बचत भएको निगमका नायवकार्यकारी निर्देशक एवं लेखा प्रमुख नागेन्द्र साहले बताए । पेट्रोलियम पदार्थको खपत यस अघि दैनिक एक अर्बको रहेकामा उक्त महिना ७० करोडमा झरेको निगमले जनाएको छ । बर्खाका कारण विकास निर्माणको काम नहुने र मानवीय गतिविधि पनि कम हुने भएकाले मासिक खपत नै २४/२५ अर्ब हाराहारी हुने निगमको अनुमान छ । यस अघि यस्तो बिक्री मासिक ३० अर्ब हाराहारी थियो ।

इन्धनको मूल्य घट्दा निगमको घाटामा पनि उल्लेख्य सुधार भएको छ । अघिल्लो महिना मासिक ४ अर्ब बढी रहेकामा यो महिना एक अर्ब ३० करोड हारहारी मात्रै घाटा रहने निगमको प्रक्षेपण छ । पुस २०७७ बाट बढ्न थालेको इन्धनको मूल्यका कारण पेट्रोलियम पदार्थमो हालसम्मकै उच्च रकम मुलुकबाट बाहिरिएको थियो । आव २०७७/७८ मा २ खर्ब १४ अर्बको पेट्रोलियम पदार्थ आयात भएकोमा आव २०७८/८९ मा ३ खर्ब ८३ अर्ब रुपैयाँ पेट्रोलियम पदार्थ खरिदका लागि मुलुकबाट बाहिरिएको थियो ।

इन्धन खरिदका लागि ठूलो रकम मुलुकबाट निगमको कोषमा रहेका २६ अर्ब रुपैयाँ सकिएर निगम उल्टै ३२ अर्ब रुपैयाँ नोक्सानीमा गएको थियो । निगमले इन्धनको मूल्य तिर्न बैंक र वित्तीय संस्थामा रहेको निक्षेप निकालेर भुक्तानी गर्न थालेपछि समग्र बैकिङ प्रणालीमै लगानीयोग्य रकमको अभाव सृजना भएको थियो । इन्धनको मूल्य अझै घट्ने अन्तर्राष्ट्रिय प्रक्षेपणका कारण आउँदा दिनमा यसले अर्थतन्त्रमा अझै सकारात्मक संकेत ल्याउने जानकारहरु बताउँछन् ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *