Categories शिक्षा समाचार

वीरगञ्जका १३ वटा सामूदायिक विद्यालय कालो सूचीमा

Advertisement

वीरगञ्ज । वीरगञ्जका १३ वटा सामूदायिक विद्यालय कालो सूचीमा परेका छन् ।

एकीकृत शैक्षिक व्यवस्थापन तथा सूचना प्रणाली (आईईएमआईएस) अद्यावधिक गर्न पटक पटक ताकेता गर्दा पनि अटेर गरेकाले यहाँ सञ्चालित १३ वटा सामूदायिक विद्यालयलाई कालो सूचीमा राखिएको वीरगञ्ज महानगरका शिक्षा महाशाखा प्रमुख अरविन्द लाल कर्णले जानकारी दिए ।

Advertisement

विद्यालय तहको सूचना तथा तथ्यांकलाई व्यवस्थित गर्न यो प्रणाली लागु गरिएको भए पनि त्यसलाई कार्यान्वयन नगर्ने विद्यालय कालो सूचीमा परेका हुन् ।

Advertisement

कालो सूचीमा पर्नेमा त्रिजुद्ध मा.वि, विद्यापिठ मा.वि, विश्वहिन्दु संस्कृति आधारभुत विद्यालय विद्यापीठ, सिन्दुरियामाई आधारभुत विद्यालय लक्ष्मणवा, मकतव इनर्वा, अपौनी, परवानीपुर, मनियारी, प्रसोतिपुरमा सञ्चालित आधारभुत विद्यालय रहेका छन् ।

यस्तै आदर्श बालविकास आधारभुत विद्यालय बेल्वा, मदर्सा इस्लामिया आधारभुत विद्यालय सुगौलिविर्ता, नेपाल रेडक्रस आ.वि.लक्ष्मीपुर वेल्वा, रामजानकी आधारभुत विद्यालय रामगढवा गरि ११ वटा विद्यालय कालो सूचीमा परेका हुन् ।

कालो सूचीमा परेका विद्यालय अहिले प्राप्त भएको कुनै पनि सुविधा, निकासा तथा अनुदानबाट बञ्चित हुने चेतावनी पनि महानगरले सूचना जारी गरेर चेतावनी दिएको छ ।

प्रधानाध्यापकका कारण नै यस्तो अवस्था आएको भन्दै विद्यालयले प्राप्त गरिरहेको सुविधा कटौती भए स्वयं उनीहरु नै जिम्मेवार हुने सूचनामा उल्लेख छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *