Categories अर्थ समाचार

पक्राउ पर्ने डरले नियालो घारीमा लुकीछिपी बसेको अवस्थामा पक्राउ

Advertisement

वीरगन्ज । आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको अवस्थामा रु.३,००,०००।– को चेक दिई चेक बाउन्स भएको हुँदा चेक दिने महिला पक्राउ परेकि छिन् ।

जिल्ला बागलुङ ताराखोला गाउँपालिका वडा नं. १ स्थायी घर भई हाल जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं.२ मिरुवा बस्ने वर्ष २७ की दिक्षा पुनलाई प्रहरीले हिजो (शनिबार ) दिउँसो जिल्ला कास्की अन्नपूर्ण गाउँपालिका वडा नं. ८ बिरेठाँटी स्थित नियालो घारीमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरेको हो ।

Advertisement

उच्च अदालत पोखराबाट बैंकिङ कसूर मुद्दामा दिन ७ को म्याद थप अनुमति लिई थप अनुसन्धान प्रकृया अगाडी बढाइएको समेत प्रहरीले जनाएको छ ।

Advertisement

निज महिलाले विभिन्न व्यक्तिहरूलाई U.K. पठाई दिन्छु भनि रकम लिई ठगी गरेको भन्ने सामाजिक सञ्जालहरूमा समाचार सम्प्रेषण भएकोले सो तर्फ समेत अनुसन्धान भइरहेको हुँदा पीडित व्यक्तिहरूलाई प्रमाण सहित जिल्ला प्रहरी कार्यालय कास्कीमा सम्पर्क राख्नु हुन प्रहरीले अनुरोध गरेको छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *