Rato Pana
समाचार

१२ वटा मोटरसाइकल सहित चोर गिरोहका ६ जना पक्राउ

बारा । बारामा प्रहरीले मोटरसाइकल चोरको गिरोहलाइ नै पक्राउ गरेको छ । जिल्लाका विभिन्न स्थानमा मोटरसाइकल चोरीको घटना बढेपछि जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको विशेष टोलीले मोटरसाइकल चोरीको गिरोहमा संलग्न ६ जनालाइ पक्राउ गरेको हो ।

प्रहरीले चोरीका १२ वटा मोटरसाइकल पनि बरामद गरेको छ । चोरीका मोटरसाइकल सहित पक्राउ परेकाहरुलाइ प्रहरीले मंगलबार पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको हो ।

बराका प्रहरी उपरिक्षक होबिन्द्र बोगटीका अनुसार , यहि साउन १९ गते बाराको बरियारपुरबाट दुइ थान मोटरसाइकल चोरी गरेर भाग्ने क्रममा पचरौता नगरपालिका ७ बेनौलीका २१ वर्षिय विशाल कुमार सहनी र २० वर्षिय भोला पटेललाइ पक्राउ गरेको थियो । प्रहरी हिरासतमा रहेका उनिहरुको बयानका क्रममा मोटरसाइकल चोरीको गिरोहमा संलग्नहरुको नाम खुलेपछि प्रहरीले गिरोहमा संलग्न अन्य ४ जनालाइ पनि पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा सहनी र पटेलका साथै बेनौलीकै २० वर्षिय वृजमोहन साह सोनार, २० वर्षिय विजय पटेल , २४ वर्षिय हरिनारायण पटेल र २३ वर्षिय बरक सहनी रहेका छन् । उनिहरुको साथबाट चोरी गरि लुकाएर राखिएका नेपाली र भारतीय गरि विभिन्न ब्राण्डका १२ वटा मोटरसाइकल पनि बरामद गरिएको प्रहरी उपरिक्षक बोगटीले जानकारी दिए ।

सम्वन्धित समाचार

Leave a Comment