Categories समाचार

भारतीय गाडीबाट भारी मात्रामा लागू औषध गाँजा बरामद

Advertisement

पर्सा । सशस्त्र प्रहरी पर्साले भारतीय गाडीमा लोड गरिएको भारी मात्रामा लागू औषध गाँजा बरामद गरेको छ । सशस्त्र प्रहरी बल १३ नम्बर गण पर्साले वीरगन्ज महानगरपालिका–२४ बहुअरी चोकमा रोकी राखिएको भारतीय नम्बरको ट्रकबाट ठूलो परिमाणमा लागू औषध गाँजा बरामद गरेको हो ।

मंगलबार राति ११ बजे ड्राईपोर्ट–परवानीपुर सडक खण्ड स्थित पवनपुत्र पेट्रोल पम्प देखि करिब एक सय मिटर उत्तर तर्फ बहुअरी चोकमा रोकि राखेको यूपी ७५ एम ४०८९ नम्बरको भारतीय मालवाहक ट्रक खनतलासी गर्दा एक सय ४३ केजी ५ ग्राम गाँजा बरामद भएको सशस्त्र प्रहरी बल १३ नम्बर गणका सूचना अधिकारी डिएसपी सन्तोष कुमार बस्नेतले जनाए ।

Advertisement

विशेष सूचनाको आधारमा गणबाट खटिएको सशस्त्र प्रहरीको टोलीले उक्त ट्रकको सवारी चालक क्याबिन माथिको हुडमा बाकसमाथि सामान राख्ने खण्ड बनाई १० वटा प्याकेटमा गाँजा लुकाई छिपाई राखिएको अवस्थामा फेला पारेको बस्नेतले जनाए । नियन्त्रणमा लिएको ट्रक र गाँजा आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सा बुझाइएको उनले बताए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *