Categories समाचार समाज

दलित बालबालिकाको शिक्षामा पहुँच बढाउनका लागि आर्थिक सहयोग

Advertisement

अन्जु कुमारी

वीरगञ्ज । दलित समुदायका बालबालिकालाई निशुल्क ट्युसन कक्षा संचालन गर्न विदेशमा बस्ने एक नेपालीले  आर्थिक सहयोग गरेका छन् ।

Advertisement

दलित बालबालिकाको शिक्षामा पहुँच ,निशुल्क ट्युसन कक्षा केन्द्र संचालन , दलित बालबालिकाका लागि शैक्षिक सामाग्रीहरु व्यवस्थापन तथा दलित समुदायको सकारात्मक रुपान्तरणमा सहयोग हुने उद्देश्यले अमेरीकामा बस्ने इन्ट्रा नेशनल वेयलफेर एण्ड सपोर्ट, फाउण्डेशन अमेरीकाको सिएफओ मेग सुवेदीले एक लाख रुपैया आर्थिक सहयोग गरेका हुन् ।  

Advertisement

अमेरीका बस्ने सामाजिक अभियन्ता समेत रहेका सुवेदीले अति विपन्न ,दलित समुदाय तथा दीनदुखीहरुलाई निरन्तर सहयोग गर्दै आएका छन् । उनको सहयोगमा पर्सा जिल्लामा दलित बालबालिकाका लागि कापि कलम , शैक्षिक सामग्रीहरु, विधालय पोशाक , स्कुल व्याग समेत वितरण गरीएको पिस फर दलित फाउण्डेसनका अध्यक्ष एव् दलित अभियन्ता मनोज रामले बताए ।

सामाजिक अभियन्ता सुवेदीले गरेका आर्थिक सहयोगमा एक मिर्गौला पीडित बालकको उपचार पनि गर्न सफल भएको अभियन्ता रामले जानकारी दिए ।

सुवेदीले आफ्नो संस्था पहल इन्ट्रा नेशनल वेयलफेर एण्ड सपोर्ट फाउण्डेशन अमेरीकाको सहयोगमा पर्सा जिल्लामा कोरोना भाईरसको माहामारीका बेला भएको लकडाउनमा करीब ८ सय घरधुलाई चामल , दाल र नुन वितरण गरेका थिए । 

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *