Categories समाचार

वडा प्रहरी विर्ताको सक्रियता, २६ वर्ष अघि २० रुपैयाँ नतिर्ने सहित ८ जना प्रतिवादी पक्राउ

Advertisement

वीरगन्ज । वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षक विशाल मल्लको सक्रियताले आम जनता शान्ति सुरक्षाको अनुभुती गरिरहेका छन भने अवैध कारोबारमा लगाम लागेको बुझिएको छ ।

पछिल्लो समयमा आफ्नो सक्रियताले नाम कमाएका मल्लको निर्देशनमा विभिन्न मितिमा विभिन्न मुद्दामा कसूरदार रही अदालतबाट दण्ड जरिवाना  तोकिएका ८ जना फरार प्रतिवादीहरुलाइ हिजो (आइतबार ) एकै दिनमा पक्राउ गरी जरिवाना असुल गराइएको जनाइएको छ ।

Advertisement

वडा प्रहरी कार्यालय विर्ताको टोलीले २६ वर्ष पुरानो जुवाको मुद्दाको कसुरमा जरिवाना तोकिएका व्यक्ति र किर्ते जालसाजी मुद्दामा २० रुपैयाँ जरिवाना भएको व्यक्ति  सहित अन्य विभिन्न कसुरमा फरार रहेका ८ जना प्रतिवादीलाई एकै पटक पक्राउ गरी अदालतमा दाखिला गरेको छ ।

Advertisement

यसका साथै पछिल्लो एक महिनामा कर्तव्य ज्यान, जबरजस्ति करणी, बैकिंङ कसुर, नकवजनी चोरी लगायतका विभिन्न जघन्य अपराधमा संलग्न फरार प्रतिवादीलाइ समेत पक्राउ गरी अदालतमा बुझाइएको वडा प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक मल्लले जानकारी गराए ।

पक्राउ पर्नेमा २०५३/०४/३२ गते जुवा मुद्दामा पर्सा जिल्ला अदालतबाट ५० रुपैयाँ जरिवाना तोकिएको वीमनपा-२ बस्ने निरञ्जन शर्मा , २०६९/०५/१० गतेको फैसलाले किर्ते जालसाजी मुद्दामा २० रुपैयाँ जरिवाना तोकिएकी वीमनपा-१ बस्ने पानवा मलिन, २०६३/०८/२१ गतेको फैसलाले कुटपिट मुद्दामा २५० रुपैयाँ  जरिवाना तोकिएको वीमनपा-१ बस्ने मदन पण्डित, २०६७/०९/२९ गतेको फैसलाले लुटपिट मुद्दामा  ३७६७/५० रुपैयाँ जरिवाना तोकिएकी वीमनपा-१ बस्ने पनमतीया देवी तुराहा, २०७२/१२/२५ गतेको फैसलाले सार्वजनिक अपराधको मुद्दामा २०० रुपैयाँ जरिवाना तोकिएको वीमनपा-१ बस्ने जावेद भन्ने बट्टु मिया अन्सारी, २०७६/१०/०९ गतेको फैसलाले विदेशी विनिमयको मुद्दामा २९९४८/१० रुपैयाँ जरिवाना तोकिएको वीमनपा-६ बस्ने कामेश्वर साह कलवार, २०७७/१२/१९ गतेको फैसलाले चेक अनादर मुद्दामा ३००० रुपैयाँ जरिवाना तोकिएको वीमनपा-१६ बस्ने रामआशिष प्रसाद बरै र मिति २०७८/०८/०६ गतेको फैसलाले दुनियाँवादी फौजदारी मुद्दामा ३००० रुपैयाँ जरिवाना तोकिएको वीमनपा-४ बस्ने कुन्दन कुमार वर्णवाल रहेका छन् ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *