Categories समाचार

एसपी बचाउन हवल्दारलाई जेल पठाइयो ।

Advertisement

काठमाडौं । सशस्त्र प्रहरी बलको एउटा गणपतिको कमजोरी ढाकछोप गर्न सशस्त्र प्रहरी हवल्दारलाई जेल पठाइएको छ।

दार्चुलाको सशस्त्र प्रहरी बल ४४ नम्बर गणमा कार्यरत कामु वरिष्ठ हवल्दार नरेश सिंह साहुले त्यहाँका गणपति त्रिभुवन विष्टले रासनमा गरेको अनियमितताबारे सञ्चारकर्मीलाई सूचना चुहाएपछि एसपीमाथि अनुसन्धान हुनुपर्नेमा उल्टै हवल्दारलाई विशेष कानुन लगाएर जेल पठाइएको हो।

Advertisement

कानुन शाखामा कार्यरत एसएसपी युवराज अर्यालको एकल आदेश र इजलाशले सहमाथि हातहतियारको सूचना चुहाएको आरोप लगाए हदैसम्मको कारबाही गरी जेल पठाएका हुन्।

Advertisement

एसपी विष्टलाई जोगाउन सशस्त्र प्रहरी बल मुख्यालयको कानुन शाखाले साहुलाई हातहतियारको सुचना चुहाएको आरोप लगाएर जागिरबाट बर्खास्त मात्र गरेन उनलाई पुर्पक्षका लागि थुनामा पठाएको छु स्रोतले भन्यो।

तर एसपी विष्टमाथि भने अहिलेसम्म छानबिन भएको छैन । उनलाई प्रधानमन्त्री कार्यालयबाटै संरक्षण भएकाले सशस्त्र प्रहरीले आन्तरिक छानबिनसमेत गर्न सकेको छैन।

सशस्त्र प्रहरीले उनीमाथि छानविन गर्न खोजेपछि शक्ति केन्द्रको दबाबमा रोकिएको थियो।

यो समाचार नागरिक दैनिकमा छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *