बारा । बारामा करेन्ट लागेर ३५ वर्षीय एक किसानको मृत्यु भएको छ ।
मृत्यु हुनेमा महागढीमाई नगरपालिका वडा नम्बर ८ बस्ने ३५ वर्षीय सुरेन्द्र प्रसाद यादव रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता राजेश थापाले जानकारी दिनुभयो ।
खेतमा पानी हाल्नको लागि मोटरको तार जोड्ने क्रममा तार सर्ट भई करेन्ट लाग्दा यादवको घटना स्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।







