Categories समाचार

वसन्तपुरमा गोली प्रहार, एक जना घाइते

Advertisement

वीरगन्ज । रुपन्देहीको ओमसतिया–४ स्थित वसन्तपुरमा अज्ञात समूहले चलाएको गोली लागेर एक युवक घाइते भएका छन् ।

अज्ञात समूहले चलाएको गोली लागेर सिद्धार्थनगर नगरपालिका–१ बेलहियाका ३१ वर्षका विकास गुरुङ घाइते भएका छन् । आइतबार राति मोटरसाइकलमा आएका अज्ञात समुहले गुरुङमाथि गोली प्रहार गरेका हुन् ।

Advertisement

गोली लागि घाइते भएका गुरुङको युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचार भइरहेको र उनको अवस्था सामान्य रहेको रुपन्देहीका एसपी रविन्द्र रेग्मीले जानकारी दिनुभयो ।

Advertisement

घाइते गुरुङ नेपाल भारत सीमामा सामान पास गराउने काममा कार्यरत रहेको बुझिएको छ । घटनास्थल नेपाल भारत सिमानाबाट ७ सय मिटरको दुरीमा पर्दछ । गोली प्रहार गर्नेको खोजी भइरहेको छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *