Categories कृषि समाचार

महानगरसंग ४ बुदे सहमति भएसंगै रोकिएको मल ढुवानी शुरु

Advertisement

पर्सा । वीरगन्जबाट आइतबार देखि रोकिएको युरिया मलको ढुवानी सोमबार साँझ देखि शुरू भएको छ ।

सोमबार साँझ कृषि सामग्री कम्पनी लिमिटेड र वीरन्ज महानगरपालिका बिच भएको वार्तामा ४ बुदे सहमति भएसंगै रोकिएको मल ढुवानी शुरु भएको हो । सहमतिसंगै आइतबार किसानले कब्जामा लिएर वीरगन्ज महानगरपालिकामा बुझाएको चार ट्रक युरिया मल सोमबार कृषि सामग्री कम्पनी लिमिटेडको प्रादेशिक कार्यालयलाइ फिर्ता गरिएको छ।

Advertisement

सोमबार वीरगन्ज महानगरपालिका र कृषि सामग्री कम्पनी लिमिटेड बिच भएको वार्तामा सहमत भएपछि किसानले कब्जा गरि बुझाएको चार ट्रक युरिया मल महानगरपालिकाके कम्पनीलाइ फिर्ता गरेको हो।

Advertisement

वार्तामा यस अघि वीरगन्ज महानगरपालिकाका किसानका लागि छुट्याइएको २७ सय ७१ बोरा मल बाहेक थप ६ हजार बोरा मल यसै साता भित्र उपलब्ध गराउने, यस बाहेक अब भारतको कोलकाता बन्दरगाहबाट आउने मल मध्ये ४ हजार बोरा मल वीरगन्ज महानगरपालिकालाई उपलब्ध गराउने र किसानले आइतबार कब्जामा लिएर महानगरपालिकामा बुझाएको मल कम्पनीलाइ फिर्ता गर्ने सहमति भएको हो।

सहमति पत्रमा महानगरपालिकाको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी पौडेल र कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय वीरगन्जका प्रमुख चन्द्र चौलागाईले हस्ताक्षर गरेका छन् । महानगरसंग सहमति भएसंगै रोकिएको मलको ढुवानी शुरु भएको चौलागाईले जानकारी दिए।

उनले वीरगन्जको गोदामबाट सोमबार साँझ नै आठ ट्रक युरिया मल पर्बत, बारा , रौतहट र महोत्तरी जिल्लाका लागि पठाइएको बताए। मधेसखबर

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *