Categories Uncategorized समाचार

संसद भवन अगाडि फेरि एक जनाद्वारा पेट्रोल खन्याएर आत्मदाहको प्रयास

काठमाडौं । काठमाडौंको नयाँबानेश्वरस्थित संसद भवन अगाडि फेरि एक जना पुरुषले शरीरमा पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेका छन् ।

शुक्रबार संसद भवनको एक नम्बर गेट अगाडि एक जना पुरुषले आत्मदाहको प्रयास गरेका हुन् ।

Advertisement

तर, तत्काल उनलाई प्रहरीले बचाउन सफल भएको छ । आत्मदाहको प्रयास गर्ने युवकको परिचय खुलेको छैन । ती युवकले आफ्नो शरीरमा पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेका थिए।

Advertisement

प्रहरीले पक्राउपश्चात गरेको प्रारम्भिक अनुसन्धानमा युवकले पारिवारिक कारण आत्म दाहको प्रयास गरेको देखिएको बताइएको छ। केही महिनाअघि संसद अवनअघि प्रेम आचार्यको आत्मदाहपछि उपचारका क्रममा निधन भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *