Categories Uncategorized समाचार

साठी लाख मुल्य बराबरको समान सहित ट्रक प्रहरी नियन्त्रणमा

Advertisement

अमित अग्रवाल

वीरगञ्ज । बिल बिजक भन्दा बढी खुद्रा, हार्डवेयर तथा लत्ताकपडाहरू लोड रहेको ट्रक पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ ।

Advertisement

बिल विजक भन्दा बढी विभिन्न किसिमका खुद्रा, हार्डवेयर तथा लत्ताकपडाहरू बोकेको ट्रक वीरगञ्जबाट चितवनतर्फ लैजादैगर्दा पक्राउ गरिएको प्रवक्ता तथा सुचना अधिकारी प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी गराए ।

Advertisement

सुचनाको आधारमा खटेको प्रहरी टोलीले हिजो (आइतबार) वीरगञ्ज महानगरपालिका वडा नं.१३ पावरहाउस चोक बाट ना.२ ख ९३८९ नम्बरको ट्रकलाई नियन्त्रणमा लिईएको प्रनाउ गिरीले बताए ।

उक्त मालवाहक ट्रकभित्र लोड रहेका खुद्रा, हार्डवेयर तथा लत्ताकपडाहरू अन्दाजी मुल्य रुपैयाँ ६०,३८,१८८।– (साठ्ठी लाख अड्तिस हजार एक सय अठासी ) बराबरको मालबस्तुहरू थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि आज (सोमबार ) राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको जिप्रका पर्साले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *