Categories कृषि

किसानलाई जडिबुटि खेती समबन्धि अभिमुखीकरण कार्यक्रम

Advertisement

श्याम सरार्फ

वीरगन्ज । वीरगन्ज महानगरपालिकाको वडा नम्बर ३० मा जडिबुटी खेती गर्ने अगुवा कृषकहरुलाई एक दिने अभिमुखिकरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

Advertisement

महानगरको जनस्वास्थ्य पर्वर्धन शाखाले जडिबुटी खेती गर्ने अगुवा कृषकहरुका लागि एक दिने अभिमुखिकरण तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको थियो ।

Advertisement

वडा नम्बर ३० का वडा अध्यक्ष मनोज कुमार यादवको अध्यक्ष्तामा भएको सो कार्यक्रमका प्रमुख अतिथि आयुर्वेद निरीक्षक तथा प्रशिक्षक दिनेश साह रहनुभएको थियो ।

जडिबुटीको खेती गर्ने तरिकाबारे महानगरकी कृषि शाखा प्रमुख उर्मिला श्रेष्ठले कार्यक्रममा किसानलाई स्पष्ट पार्नुभएको थियो ।

कार्यक्रममा सहभागी भएका किसानहरुलाई आयुर्बेद प्रशिक्षक साहले प्रशिक्षण दिनुका साथै मानव जिवनका लागि जडिबुटी बहुउप्योगी र लाभकारी भएको बारे जानकारी गराए ।

सो अन्र्तक्रिया एवम् अभिमुखीकरण कार्यक्रममा महानगरकी जनस्वास्थय शाखाकी ईन्दिरा लोहनी, पोषण स्वयमसेवक खुशबु श्रीवास्तव, स्थानीय किसान दिनानाथ मण्डल, गगनदेव यादव लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रम सञ्चालन भने स्वास्थ्य चौकी लालपर्सामा कार्यरत स्वास्थ्य निरीक्षक अनिशकान्त कुशवाहाले गर्नुभएको थियो ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *