Categories कृषि समाचार

कृषकहरुका लागि एक दिने अभिमुखिकरण कार्यक्रम

Advertisement

अन्जु कुमारी

वीरगन्ज । वीरगंज महानगरपालिकाको वडा नम्बर २८ मा जडिबुटी खेती गर्ने अगुवा कृषकहरुलाई एक दिने अभिमुखिकरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

Advertisement

महानगरको जनस्वास्थ्य प्रर्वद्र्घन शाखाले जडिबुटी खेती गर्ने अगुवा कृषकहरुका लागि एक दिने अभिमुखिकरण तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको थियो । वीरगंज महानगरपालिका वडा नम्बर २८ का वडा अध्यक्ष सर्युग महतो धानुकको अध्यक्षतामा भएको सो कार्यक्रम भएको थियो ।

Advertisement

कार्यक्रममा सहभागी भएका किसानहरुलाई आयुर्बेद प्रशिक्षक रुपनारायण झा र सहजकर्ता प्रशिक्षक दिपेन्द्र गिरीले प्रशिक्षण दिनुका साथै मानव जिवनका लागि जडिबुटी बहुउपयोगी र लाभकारी भएको बारे जानकारी गराए ।

सो अन्र्तक्रिया एवम् अभिमुखीकरण कार्यक्रममा महानगरकी जनस्वास्थय शाखाकी ईन्दिरा लोहनी, पोषण स्वंयमसेवीका खुश्बु श्रीवास्तव, स्थानीय किसान रामजिवन मण्डल, संदिप कुमार साह, सोनु मिश्र, धीरेन्द्र कुमार सहनी ,लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रम प्राथमिक स्वास्थ्य केन्द्र बगहीमा भएको थियो भने महानगरका जनस्वास्थ्य प्रर्वद्र्घन शाखाका आर्युवेदिक अधिकृत रुपनारायण झाले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *