सिरहा । सिराहा जिल्ला स्थित इलाका प्रहरी कार्यालय मिर्चैयाको मुद्दा शाखामा कार्यरत एकजना प्रहरी सहायक निरिक्षक नौ हजार घुस रकम सहित रगेंहात पक्राउ परेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिवासबाट खटिएका एक विशेष टोलीले असई सचिन यादवलाई पक्राउ गरेको हो ।
अख्तियारका अनुसार आफु मुद्दामा लामो समय देखि ईप्रकाको मुद्दा शाखामा कार्यरत हुँ म सहजै मुद्दा मिलाई दिन्छु भन्दै इलाका प्रहरी कार्यालय मिर्चैया मुद्दा शाखाका प्रहरी सहायक निरिक्षक (असई) यादबले नौ हजार घुस रकम पीडितबाट लिँदै गर्दा मंगलवार अपरान्ह कार्यालय वाहिर उनलाई पक्राउ गरेको हो।
पक्राउ परेका असई यादबले मिर्चैयाकै दुईजना सेवाग्राही मध्यये एउटा संग मुद्दा सहज बनाइदिने भन्दै ९ हजार रकम र अर्का सेवाग्राहीसंग मुदादर्ता नगर्ने शर्तमा दुइलाख रकमको माग गरेको अडियोको आधारमा उनलाई पक्राउ गरेको अख्तियारको टोलीले बताउछन् । पक्राउ परेका यादब पहिलादेखि नै कार्यलय र विभिन्न बदनामी खेप्दै विगत लामो समय देखि मुद्दा शाखाका इन्चार्ज प्रहरी निरीक्षक (इन्स्पेक्टर) सोनू साह सँगको सहमतीमा सेवाग्राहीहरु संग नियम विपरीत तथा गैर कानूनी तवरले मुद्दा मिलाई दिने भन्दै अवैध रकम असुल्ने गरेको नाम नखुलाउन भनी शर्तमा एक स्थानिय सेवाग्राहीले जानकारी दिए ।
घुस रकम सहित पक्राउ परेका असई यादवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले आवश्यक प्रकृया पुरा गरी थप अनुसन्धानका लागी बर्दिबास स्थित अख्तियार दुरूपयोग अनुसन्धानको कार्यलयमा लगिएको जनाइएको छ ।






