Categories समाचार स्वास्थ्य

बाबा बी फिल्मस द्वारा रक्तदान कार्यक्रम सम्पन्न

Advertisement

रामजी यादव

पर्सा । बीरगंज घण्टाघरमा बाबा बी फिल्मस द्वारा रक्तदान तथा बिमोचन कार्यक्रम सम्पन्न भएको छ । बाबा बी फिल्मस प्रोडक्सन बीरगंज पर्सा द्वारा आयोजित रक्तदान कार्यक्रममा एकजना महिला सहित छतिस जनाले रक्तदान गरेका छन् ।

Advertisement

बीरगंज महानगरपालिका वडा नं.२० का वडाध्यक्ष रामकिशोर सिंह (पराग)को प्रमुख आतिथ्यतामा भएको रक्तदान कार्यक्रममा अनामिका तिवारी,मुन्ना मुस्कान,मुखलाल साह, श्रीकान्त यादव,अर्जुन पटेल, बालकृष्ण अर्याल,बिराज कुश्वाहा लगायतले रक्तदान गरेका छन सो रक्तदान कार्यक्रममा रक्तदान गर्नेहरुलाई प्रमुख अतिथी तथा कलाकारहरुले प्रमाण-पत्र प्रदान गरि टिका लगाई सम्मान गरेका थिए।

Advertisement

बाबा बी फिल्मस प्रोडक्सन बीरगंज पर्साका कैमरामैन तथा डाईरेक्टर कृष्णा पंडीतको अध्यक्षतामा भएको रक्तदान तथा तकदीर मुभीको बिमोचन कार्यक्रमका बिशिष्ट अतिथीमा सामाजिक अभियन्ता बृजेश्वर चौधरी,प्रकाश थारु,रामकिशोर मिश्रा,कलाकार सुनील पंडित, शिव पटेल,ज्ञानेन्द्र कुमार सिंह,अराध्या श्रीवास्तव,कृष्णा हमराही,भुवन पंडित,भागीरथ साह,संगीता तिवारी,पुनम चौधरी,सुस्मिता यादव लगायतको उपस्थिति रहेको थियो।

रक्तदान कार्यक्रममा रेडक्रस सोसाईटी बीरगंजका धिरेन्द्र झाले प्राबिधिक सहयोग पुर्याउनु भएको थियो।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *