Categories समाज

जग्गासम्बन्धी विवादमा गोली चल्दा १ जनाको मृत्यु ३ जना घाइते

Advertisement

रौतहट । रौतहटको गढीमाई नगरपालिकामा दुई समूहबीच झडप हुँदा गोली चलेको छ । जग्गासम्बन्धी विवादलाई लिएर भएको झडपमा परी १ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् ।

गढीमाई नगरपालिका– ८ धोबिनियामा उक्त घटना भएको हो । रौतहट प्रहरीका अनुसार झडपमा गोली लागेर स्थानीय राजकुमार राय यादवको मृत्यु भएको हो । अवैधा हतियारबाट उक्त गोली चलेको हो भने गोली चलाउने मान्छेको पहिचान हुन सकेको छैन ।

Advertisement

घटनामा संलग्न रहेको आशंकामा प्रहरीले ५ जनालाई पक्राउ गरी अनुसन्धान थालेको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *