बीरगन्ज । बीरगन्ज महानगर पालिका का नगर प्रमुख राजेश मान सिंहले महिलाको आय आर्जन बढाउन महिला उघमी केन्द्र महानगर पालिकाले चाडै स्थापना गर्ने बताउनु भएको छ ।
वडा न ५ वडा समितिको आयोजनामा मातातीर्थ औसी आमा को मुख हेर्ने कार्यक्रममा नगर प्रमुख सिंहले आमाहरुको सम्मान र साथ सहयोग गर्न बीरगन्ज महानगर पालिका तत्पर रहेको बताउनुहुदै आफ्नो घर आग टोल नगर को सरसफाइमा लाग्न आग्रह गर्नु भएको छ ।
वडा अध्यक्ष प्रदीप चौरसियाको अध्यक्षतामा भएको कार्यक्रममा ज्येष्ठ महिलाहरुलाई नगर प्रमुख राजेश मान सिंहले सम्मान गर्नु भएको थियो । आमा समुहको सहयोगमा आयोजित कार्यक्रममामा ठुलो संख्यामा माहिलाहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी भिम कान्त पौडेल , प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेल , नगर प्रमुखको प्रेस सल्लाहकार महेश दास, सशस्त्र प्रहरी नायब उपरीक्षक रामजङ्ग पाण्डे , प्रहरी निरीक्षक विदुर सापकोटा , मानवअधिकारकर्मी कृष्ण खनाल ,आमा समुहको अध्यक्ष जुली श्रेष्ठ लगायतले आमाहरुलाई शुभकामना दिनु भएको थियो ।







