Categories समाचार

बढुवा भएका १३ डीआइजीको पदस्थापन

Advertisement

काठमाडौँ । गृह मन्त्रालयले बढुवा भएका १३ प्रहरी नायब महानिरीक्षक (डीआइजी)हरुको पदस्थापन गरेको छ । बुधबार गृहमन्त्रीस्तरीय निर्णयानुसार उनीहरुको पदस्थापन भएको हो । 

प्रहरी प्रधान कार्यालयको मानव स्रोत विकास विभागका अनुसार डीआइजी कुवेर कडायतको प्रहरी महानिरीक्षकको सचिवालय, केदर ढकालको आर्थिक प्रशासन तथा प्रबन्ध निर्देशनालय, विष्णुकुमार केसीको अन्वेषण योजना तथा विकास निर्देशनालय, भरतबहादुर बोहोराको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, रविन्द्र केसीको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, राजेशनाथ बास्तोलाको कोशी प्रदेश प्रहरी कार्यालयमा पदस्थापन गरिएको छ ।

Advertisement

त्यसैगरी डीआइजीहरु चन्द्र कुवेर खापुङको अख्तियार दुरुपयोग अनुसन्धान आयोग, जनक भट्टराईको मधेश प्रदेश प्रहरी कार्यालय, लालमणि आचार्यको काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरी, सुरेन्द्र मैनालीको अपराध अनुसन्धान निर्देशनालय, अर्जुन चन्द ठकुरीको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, यज्ञविनोद पोखरेलको केन्द्रीय अनुसन्धान ब्यूरो र विकासराज खनालको कार्य निर्देशनालयमा सरुवा भएको प्रहरी मुख्यालयले जनाएको छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *