Categories Uncategorized

तस्करीका सामान बोकेको सवारी दुर्घटना हुँदा चारजना घाइते, तीन जना एकै परिवारका

Advertisement

वीरगञ्ज । सिरहामा भारतीय बजारबाट तस्करीका सामान बोकेर आइरेको सवारी दुर्घटना हुँदा चारजना घाइते भएका छन् ।

सिमापारीको भारतीय बजारबाट तस्करीको सामान लिएर आइरहेको म्याजिक गाडी सिरहाको चोहर्वास्थित नरहा नजिकै अनियन्त्रित भएर दुर्घटना हुँदा चारजना घाइते भएका हुन् । प्रहरीकै आँखा अगाडि ओभरलोड म्याजिक दुर्घटना भएको थियो ।

Advertisement

घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । नरहा गाउँपालिका-३ खोरीयाटोल नजिक सिरहाबाट चोहर्वातर्फ आइरहेको ज १ ज २९९ नम्बर सेतो म्याजिक दुर्घटना हुँदा कर्जन्हा नगरपालिका-३ बन्दिपुरका ५१ वर्षीय शिवसती यादव, २२ वर्षीय पिन्का यादव, ६० वर्षीय भोला यादव र सिरहाको खिरौनाका ४० वर्षीया सरितादेवी साह (गुप्ता) घाइते भएका इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख डिएसपी हरिकृष्ण केसीले जानकारी दिए ।

Advertisement

घाइते मध्ये तीन जना यादव एकै परिवारका हुन् । यात्रीसहित चिनी, मैदा, तेल बोकेको सेतो म्याजिक अनियन्त्रित भई राजमार्ग छेउमा रहेको बिजुलीको पोलमा ठोक्किँदा उनीहरू घाइते भएको केसीले बताए । 

दुर्घटनालगत्तै गाडीका चालक फरार छन् । घाइतेमध्ये ६० वर्षीय भोला यादवको अवस्था गम्भीर रहेको बताइएको छ । उनीहरू सबैको लाइफ लङ हेल्थ केयरमा उपचार भइरहेको छ । गाडी चालकको खोजतलास भइरहेको छ भने गाडीमा रहेका सामान कसको भन्ने खुल्न सकेको छैन । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

सीमा नाकामा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको बाक्लै उपस्थिति रहेपनि तस्करले भन्सार राजश्व छली गरी निर्धक्क मालसामान वारपार गर्ने गरेको र दिनप्रतिदिन चोरी तस्करी फस्टाएको स्थानीयहरू बताउँछन् ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *