Categories स्वास्थ्य

विपन्न, असहाय तथा बेवारिसे बिरामीका लागि अस्पतालले १० प्रतिशत शय्या छुट्याउनु पर्ने

Advertisement

वीरगञ्ज । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विपन्न, असहाय तथा बेवारिसे बिरामीको उपचारका लागि सबै अस्पताललाई १० प्रतिशत शय्या छुट्याउन निर्देशन दिएको छ ।

मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाले बुधबार सबै सरकारी, निजी, सामुदायिक अस्पताल, प्रतिष्ठान तथा मेडिकल कलेजहरूलाई परिपत्र गर्दै निःशुल्क उपचारका लागि १० प्रतिशत शय्या अनिवार्य छुट्याउन निर्देशन दिएको हो ।

Advertisement

परिपत्रमा बिरामीले संस्थाबाट सेवा प्राप्त गरेबापत लागेको शुल्क प्रक्रिया तथा अवधिसमेत खुलाएर बिरामी वडापत्र तयार गरी अस्पतालको अग्रभागमा देखिने गरी राख्नुपर्ने उल्लखे गरिएको छ ।

Advertisement

संस्थाहरूको नियमित तथा आकस्मिक अनुगमनको क्रममा मापदण्डबमोजिम भएको नपाइएमा स्वास्थ्य संस्था सञ्चालनसम्बन्धी मापदण्ड २०७७ तथा अन्य प्रचलित कानुनमा भएका सम्पूर्ण व्यवस्थाहरू पूर्ण रूपमा कार्यान्वयन गर्न  सबैलाई मन्त्रालयले अनुरोध गरेको छ ।

त्यस्तै अस्पतालले पार्किङको शुल्क उठाउने, कार्यरत जनशक्तिलाई न्यूनतम पारिश्रमिकसमेत उपलब्ध नगराएको गुनासो आएकोकाले सम्पूर्ण व्यवस्थाको पालनमा गर्न आग्रह गरेको छ । अन्यथा मन्त्रालयले कानुनबमोजिम कारबाही गर्ने चेतावनी दिएको छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *