Categories समाचार

पर्साको प्रसौनी भाठ्ठामा अहमदिया संघकोईद मिलन समारोह सम्पन्न।

Advertisement

वीरगञ्ज । पर्साको विन्दवासीनी गाँउपालिकाको वडा नं ५ प्रसौनी भाठ्ठामा अहमदिया संघ नेपालको आयोजनामा ईद मिलन कार्यक्रम सम्पन्न भएको छ ।

बुधबार बेलुकी आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पर्सा क्षेत्र नम्बर ३ का प्रतिनिधी सभा सदस्य राज कुमार गुप्ताले नेपाल धर्म निरपेक्ष मुलक भएकाले यहाँ सबै धर्मको सम्मान एकअर्काले गर्नु पर्ने बताए । अहमदिया संघले हरेक धर्मको सम्मान गर्दै आएको बताउदै उनले भने,‘ यस्तै संस्कार अन्य धर्मले पनि कायम राख्नु पर्छ , अनिमात्र समाजमा धार्मिक सहिष्णुता सदैव कायम रहन्छ ।

Advertisement

अहमदिया संघ नेपालका अध्यक्ष कमरुल होदा अन्सारीले १३० वर्ष पहिले भारतको पञ्जाबबाट स्थापना भएको अहमदिया सघंको हाल सम्म विश्वका २२४ देशमा संगठन विस्तार भइसकेको जानकारी गराए ।

Advertisement

प्रतिनिधीसभा सदस्य गुप्ताको प्रमुख आतिथ्यता एंव संघका अध्यक्ष अन्सारीको अध्यक्षतामा भएको ईद मिलन समारोहमा पुर्व प्रदेशसभा सदस्य प्रहलाद गिरि, पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, पर्साका प्रहरी उपरिक्षक कोमल शाह , विन्दवासीनी गाँउपालिकाका अध्यक्ष प्रमोद तिवारी , पूर्व उपाध्यक्ष किरण देवी गुप्ता, भारतीय महावाणिज्य दूवतावास वीरगन्जका वाणिज्यदूत शशी भुषण प्रसाद , अहमदिया संघका पर्सा जिल्ला इन्चार्ज हाशिम अमद , संघका युवा संघका राष्ट्रिय अध्यक्ष सलीम अहमद,हाफीज मोहम्मद अबुल कलाम, मौलबी सिराज अहमद लगायतको पनि सहभागीता थियो ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *