Categories समाचार

नवीकरण नगरेका निर्माण कम्पनीको इजाजत पत्र खारेज

काठमाडौँ । सरकारले ३३ वटा निर्माण कम्पनीको लाइसेन्स (इजाजत पत्र) खारेज गरेको छ ।

नवीकरण नगरेका केही ठूला र अधिकांश साना निर्माण कम्पनीको इजाजत भौतिक पूर्वधार तथा यातायात मन्त्रालयले खारेज गरेको हो । ग वर्गका साना निर्माण कम्पनीका साथै केही क र ख वर्गका कम्पनी समेत इजाजत खारेज हुने सूचीमा परेका छन् ।

Advertisement

इजाजत खारेज हुनेमा पृथ्वी नेपाल कन्स्ट्रक्सन, टौदह कन्स्ट्रक्सन, झलक कन्स्ट्रक्सन, विजय निर्माण सेवा, शक्ति प्रभाव निर्माण सेवा, सि.एम देवान निर्माण सेवा, पुनम श्री निर्माण सेवा, नुम्बर निर्माण सेवा, सारस कन्स्ट्रक्सन, बराह कन्स्ट्रक्सन, न्यु हिमालयन विल्डर्स, जगत्रदेवी निर्माण सेवा, ओझा कन्स्ट्रक्सन, मालिका निर्माण सेवा, युएस विल्डर्स, सेरावेशी महादेव, जोर पोखरी, शेरा निर्माण सेवा लगायत रहेका छन् ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *