Rato Pana
खेलकुद

सन्दिपको उत्कृष्ट अलराउण्डर प्रदर्शनले नेपाल बिजयी

वीरगन्ज । स्पिनर सन्दीप लामिछाने एसिसी प्रिमियर कपमा कतारविरुद्ध उत्कृष्ट अलराउण्डर प्रदर्शनले नेपाललाइ सानदार जित दिलाउदै प्लेयर अफ द म्याच चुनिएका छन् ।

समूह चरणको अन्तिम खेलमा कतारलाई ६८ रनले हराउँदै समूह विजेताको रुपमा सेमिफाइनलमा पुर्याउन उत्कृष्ट ब्याटिङ गर्दै ४२ रन बनाउनुको साथै घातक बलिङ गर्दै ५ विकेट लिएका सन्दीप प्लेयर अफ द म्याच चुनिएका हुन् । यसअघिका दुई खेलमा नेपालको प्लेयर अफ द म्याच कुशल मल्ल चुनिएका थिए ।

जितको लागि १ सय ५८ रनको मध्यम विजयी लक्ष्य पछ्याएको कतार २५.१ ओभरमा ८९ रनमा अल आउट भयो । कतारलाई सस्तैमा अल आउट गर्न सन्दीपले सर्वाधिक ५ विकेट लिए । सन्दीप ले ९.१ ओभरमा ३ मेडनसहित १४ रन खर्चेर सर्वाधिक ५ विकेट लिएपछि मध्यम योगफलमै पनि नेपालले फराकिलो जित हात पारेको थियो ।

त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल ४०.३ ओभरमा १ सय ५७ रनमा अल आउट भएको थियो । नेपालका सन्दीपले ५८ बलमा ६ चौकासहित सर्वाधिक ४२ रनमा नट आउट रहेका थिए ।
एक समय २८ ओभरमा १११-९ को अवस्थामा पुगेको नेपाललाई ललित र सन्दीपले अन्तिम विकेटका लागि ४६ रनको साझेदारी गर्दै सम्मानजनक योगफलमा पुर्याएका थिए । प्रमुख ब्याटसमैनहरु चल्न नसकेपनि सन्दीपले अन्तर्राष्ट्रिय स्तरमा आफ्नो उच्च प्रदर्शन गर्दै नेपालको लागी प्रतिस्पर्धात्मक योगफलको आधार तय गरेका थिए ।

नेपालले सेमिफाइनल खेलमा समूह बी को उपविजेतासँग खेल्नेछ । हङकङ र कुवेतबीचको खेल मुलपानी क्रिकेट मैदानमा जारी छ । उक्त खेलको नतिजापछि समूह बी को विजेता र उपविजेता निर्धारण हुनेछ । सेमिफाइनल शनिबार र फाइनल सोमबार हुनेछ । उपाधि जित्ने टोलीले एसिया कपमा भारत र पाकिस्तानसँग खेल्न पाउनेछ । साभार

सम्वन्धित समाचार

Leave a Comment