वीरगन्ज । उपकार सेवा नेपालले दुई जनालाई ह्वील चेयर सहयोग गरेको छ ।
पर्सागढी नगरपालिकामा एक महिला सहित दुइजनालाई ह्वील चेयर सहयोग गरिएको हो ।
विरुवागुठी वडा नम्बर ५ कि ५६ वर्षिय सुखली देवी र सोही वडाका सन्तु दास थारुलाइ हिजो ह्वील चेयर प्रदान गरिएको समाजिक अभियन्ता अनिशकान्त कुश्वाहाले जानकारी गराउनु भयो ।
दुबैजनालाई हिडडुलमा समस्या भइरहेको सामाजिक अभिन्ता भरत महतो थारुले संस्थालाई जानकारी गराएपछि थारुकै उपस्थितिमा निजहरुलाई ह्वील चेयर सहयोग गरिएको हो ।
ह्वील चेयर लिदै दुवैजनाले सहयोगी संस्था उपकार नेपाल प्रति सम्मान व्यक्त गर्दै धन्यवाद दिएका थिए ।






