Categories हाइलाइट-समाचार

छड बोकेको ट्याक्टरमा ठोक्किँदा माेटरसाइकल चालकको घटनास्थलमै मृत्यु

Advertisement

बैशाख । बारामा बिहीबार राति फलामकाे छड बोकेको ट्याक्टरमा पछाडिबाट मोटरसाइकल ठोक्किँदा माेटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको छ।

कलैया-वीरगन्ज सडकखण्डअन्तर्गत कलैया उपमहानगरपालिका-२३ स्थित सडकमा छड बोकेको ना ५ त ८२५० नम्बरको ट्याक्टरमा पछाडिबाट बा ८० प ४०२१ नम्बरको माेटरसाइकल ठाेक्किएको थियोे।

Advertisement

उक्त दुर्घटनामा मोटरसाइकल चालक कलैया उपमहानगरपालिका-२१ बस्ने २४ वर्षका राजनकुमार रामको घटनास्थलमै मृत्यु भएको बाराका प्रहरी उपरीक्षक हाेविन्द्र बाेगटीले जानकारी दिए।

Advertisement

टयाक्टर र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएर दुर्टघटनाको बारेमा थप अनुसन्धान गरिरहेकाे उनले बताए ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *