Categories समाचार

चट्याङ लागेर एक वृद्धको मृत्यु

Advertisement

वीरगन्ज । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकामा शुक्रबार राति चट्याङ लागेर एक वृद्धको मृत्यु भएको छ ।

सिदिङ्वा गाउँपालिका-६ मेहेलेका ६० वर्षीय श्रीप्रसाद कडरियाको चट्याङ लागेर मृत्यु भएको हो ।

Advertisement

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कुसराम कार्कीका अनुसार घरैमा बसिरहेको अवस्थामा कडरियलाई चट्याङ लागेको हो । इलाका प्रहरी कार्यालय तेल्लोकको टोली घटनास्थलमा गएको छ । शव परीक्षणका लागि आज जिल्ला अस्पताल ल्याइने कार्कीले बताए ।

Advertisement

केही दिनअघि मात्रै चट्याङ लागेर मैवाखोला गाउँपालिकामा एक बालकको मृत्यु भएको थियो । रासस

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *