जनकपुरधाम । जनकपुरमा आज जानकी नवमी अर्थात् जानकी जन्म महोत्सव मनाइँदैछ । आदर्श नारी सीताको आजकै दिन मिथिलामा जन्म भएको धार्मिक मान्यता अनुसार प्रत्येक वर्ष जानकी नवमी मनाउँने गरिन्छ ।
जानकी नवमीको अवसरमा आज बिहानैदेखि जानकी मन्दिर , राम मन्दिर र जनक मन्दिर गायतको मन्दिरहरुमा पूजाआजा गर्ने श्रद्धालुहरुको भीड लागेको छ ।
सीताको जन्मोत्सवमा सहभागि हुन एवं पुजापाठ गर्न नेपाल तथा भारतका विभिन्न स्थानबाट श्रद्धालु भक्तजन एवं पर्यटकहरु जनकपुर आएका छन् ।
जानकी मन्दिरले जानकी नवमीको अवसरमा केही औपचारिक धार्मिक कार्यक्रम समेत आयोजन गरेको छ ।






