Categories खेलकुद

नेपाल एसिसी प्रीमियम कपको फाइनलमा ,युएई संग भिड्ने ।

Advertisement

काठमाडौं । नेपाल एसिसी प्रीमियम कपको फाइनलमा प्रवेश गरेको छ । कुवेत विरुद्ध टियु मैदानमा आज भएको पहिलो सेमिफाइनलमा निकै बलियो स्तिथिमा रहदा खेल बर्षाले अवरुद्ध गरे पनी समूह विजेताको रुपमा फाइनलमा प्रवेश गरेको हो ।

नेपालको फाइनल सम्मको यो यात्रा सानदार र अपराजित रहेको छ । अब फाइनलमा नेपालले आजै मुलपानी खेल मैदानमा भएको युएइ र ओमान बिचको दोस्रो सेमिफाइनलको विजेता युएई संग सोमवार भिडनेछ ।

Advertisement

मुलपानीमा मैदानमा ओमानलाई २ रनले हराउँदै यूएई एसीसी प्रिमियर कपको फाइनलमा पुगेको हो । यूएईले ओमानलाई डीएल पद्धतिका आधारमा २ रनले हराएर नेपालसँगको फाइनल भेट पक्का गरेको हो ।

Advertisement

यूएईले दिएको २ सय ३७ रनको लक्ष्य पछ्याएको ओमानले ४३ ओभरमा ६ विकेट गुमाएर १ सय ९० रन बनाउदा भएको मुसलधारे बर्षा परे पछि डकवर्थ ल्युस पद्धतिका आधारमा यूएयी विजयी भएको हो । साभार

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *