Categories शिक्षा समाचार

अम्बिका–ममता स्मृति प्रतिष्ठानद्वारा शिक्षा क्षेत्रमा योगदान पुर्याएका चारजना सम्मानित

वीरगन्ज। अम्बिका–ममता स्मृति प्रतिष्ठानले शिक्षा क्षेत्रमा योगदान पुर्याएका चारजना व्यक्तित्वहरुलाई सम्मान गरेको छ । प्रतिष्ठानका अध्यक्ष अरबिन्द सिंहको अध्यक्षतामा भएको कार्यक्रममा झण्डै ३८ बर्ष विद्यालयमा सेवा गर्नुभएका सेवा निवृत्त प्रधानाध्यापक जीवबच्छ मिश्र, त्यस्तै ३८ बर्ष नै शिक्षा क्षेत्रमा सेवा गर्नुभएका पूर्व प्रधानाध्यापिका, मूना बदन राजभण्डारी, विद्यालय व्यावस्थापन समितिका पूर्व अध्यक्ष रामनारायण कुर्मी र संस्थागत विद्यालयको स्थापना र स्तर कायम राख्न सफल गौतम माध्यामिक विद्यालयकाी प्रिन्सिपल उर्मिला लामालाई नगद, सम्मापत्र र दोसल्लाले सम्मान गरिएको  हो ।

सम्मानित सबैलाई प्रमुख अतिथि नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले सम्मान गर्नुभएको हो । कार्यक्रममा बोल्दै पोखरेलले सामाजिक सदभावले मात्रै राष्ट्रिय एकता बलियो हुने बताउनु भएको छ । अम्बिका ममता स्मृति प्रतिष्ठानले आयोजना गरेको सम्मान कार्यक्रममा बोल्दै उहाँले दुई ठूला जनसंख्या भएको देशकोबीचमा रहेको नेपालमा बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक समुदायहरुको बसोबास रहेकोले एक अर्काप्रतिको सामाजिक सदभावले मात्रै राष्ट्रिय एकता मजबुद हुने बताउनु भएको हो ।

Advertisement

व्यावसायिक केन्द्रको रुपमा विस्तार गरिएको सभ्यता, संस्कृति जीवनसँग जोडिएको वीरगन्जमा शिक्षामा योगदान गर्ने शिक्षकहरुलाई सम्मान गर्नु प्रशंसनीय रहेको बताउनुभयो । पूर्व उपप्रधानमन्त्री समेत रहनुभएका पोखरेलले नेपालको संविधानमा शिक्षा र स्वास्थ्यलाई मौलिक हकको रुपमा लेखिएपनि अहिले शिक्षा र स्वास्थ्य नागरिकको पहुँचमा पुर्याउने चुनौती देखिएको बताउनुभयो । देशलाई आर्थिक विकास गन सामाजिक सदभाव आवश्यक रहेको औल्याउदै बीचमा अनेक खालका विग्रहको गतिविधिले नोक्सान धेरै भएको पनि बताउनुभयो ।

Advertisement

अमेरिकालाई आप्रवासीहरुको देश भनेर चिनिने र नेपाल अल्पसंख्यकहरुको देश रहेको उल्लेख गर्दै उहाँले संसारको सबैभन्दा ठूलो जनसंख्या भएको देश भारतसँगको खुला सीमाना र प्राकृतिक रुपमा हिमालको सीमा भएको दोश्रो ठूलो जनसंख्या भएको चीनको बीचमा रहेको नेपालमा सामाजिक सदभाव सहितको राष्ट्रिय एकताले मात्रै देशको अस्तित्व रहन सक्ने बताउनु भएको हो ।

कुनै फौजी ताकतको बलमा सुरक्षित रहन नसकिने तर्क गर्दै उहाँले देशको अस्तित्व कायम राख्न सामाजिक सदभाव कायम राख्नु नै मुख्य भूमिका रहेकोमा जोड दिनुभयो । देश सुरक्षित हुनका लागि सामाजिक सदभाव लागि निर्णायक क्षमता भएको उहाँको भनाई थियो । कहिलेकाही सामाजिक सदभाव खल्बल्याउने तत्वहरु सक्रिय भईराख्ने सिलसिला देखिने गरेकोले यस्ता तत्वहरुलाई परास्त गर्न सकिएमा मात्रै सामाजिक सदभाव कायम रही राष्ट्रिय एकता कायम रहने बताउनुभयो । सबैजाति, भाषा, भेषभूषा, धर्म संस्कृति र पहिचानले नै हाम्रो भाग्य र भविष्यको फैसला गर्ने उल्लेख गर्नुभयो ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगकी पूर्व सदस्य सलोनी सिंह प्रधान, प्रतिनिधिसभा सदस्य प्रभु हजरा, वीरगन्ज महानगरपालिकाका प्रथम नगर प्रमुख विजय कुमार सरावगी, नेकपा एमाले पर्साका संयोजक विश्वम्भर शर्मा लगायतको उपस्थिति रहेको थियो । प्रतिष्ठानका अरविन्द सिंहले स्वागत गरेको कार्यक्रमको सञ्चालन पत्रकार केसी लामिछानेले गर्नुभएको थियो ।

दिवंगत शिक्षिका अम्बिकादेवी सिंह–ममता राजकर्णिकारको स्मृतिमा स्थापना गरिएको प्रतिष्ठानले शिक्षा क्षेत्रमा योगदान गरेका शिक्षक, विद्यालय व्यावस्थापन समिति र प्रधानाध्यापकहरुलाई हरेक बर्ष सम्मान गर्दै आएको छ । २०७६ सालदेखि रोकिएको सम्मान यसबर्ष २०६९ सम्म शिक्षा क्षेत्रमा उत्कृष्ट सेवा गरेकाहरुलाई सम्मान गरिएको हो । सम्मान योग्य व्यक्तिहरु छनोट गर्नका लागि प्रतिष्ठानले भूतपुर्व प्रधानध्यापक शंकर कर्णको संयोजकत्वमा पूर्व शिक्षक सीताराम प्रसाद र लक्ष्मण थापा गरी तीन सदस्यीय छनो समिति गठन गरेको थियो ।  ट्रिब्यून न्युज

Leave a Reply

Your email address will not be published. Required fields are marked *