वीरगन्ज । वीरगन्ज आसपास क्षेत्रमा पानी पर्दा स्थानीयबासीले राहत पाएका छन् ।
केहि दिन यता तापक्रम ४२ डिग्री सम्म पुग्दा बेहाल भएको दैनिकमा आजको पानीले थोरै भएपनि राहत दिएको छ ।
लामो समयको अन्तरालपछि पानी पर्दा बालीनाली सप्रिने भन्दै किसान खुशी भएका हुन्।
बिहानैदेखि बदलेको मौसम यो खबर बनाइरहदासम्म घाम उदाएको छैन । जसकारण उच्च तापक्रमको मारमा पर्ने स्थानीय अहिले राहत भएको अनुभुती भइरहेको बताएका छन् ।



