Categories समाचार

रवि लामिछाने प्रधानमन्त्री प्रचण्डलाई भेट्न वालुवाटार पुगे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने प्रधानमन्त्री निवास वालुवाटार पुगेका छन् ।

उपनिर्वाचनमार्फत पुन प्रतिनिधिसभामा निर्वाचित भएपछि उनी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न वालुवाटार पुगेका हुन् ।

Advertisement

वालुवाटार स्रोतका अनुसार सभापति लामिछाने केहीबेर अघि वालुवाटार पुगेका हुन् । गत बैशाख १० गते भएको उपनिर्वाचनमा चितवन–२ बाट रवि भारी मतसहित निर्वाचित भएका थिए ।

Advertisement

त्यसपछि प्रधानमन्त्री प्रचण्डले लामिछानेलाई टेलिफोन गरि बधाइ दिएका थिए । रविले आफू निर्वाचित भएलगत्तै आफूहरुले सरकारलाई दिएको समर्थन फिर्ता लिन नपर्ने कुनै कारण नरहेको टिप्पणी गरेका थिए । त्यसपछि प्रचण्ड नेतृत्वको सरकारको आयुमाथि प्रश्न खडा भएको थियो ।

रविले रास्वपाले सरकारलाई दिएको समर्थन फिर्ता लिने बताइरहँदा आजको भेट महत्वपूर्ण रुपमा लिइएको छ । प्रधानमन्त्री भने रास्वपालाई सरकारमा ल्याएर समर्थनलाई निरन्तरता दिलाउने प्रयासमा देखिन्छन् । साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *