Categories समाचार

होटल तथा पर्यटनले पनि उद्योग सरह मान्यता पाउने ।

बिरगंज । उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले छिट्टै नितिगत र प्रक्रिया अड्चनहरुलाई सच्याएर होटल तथा पर्यटन क्षेत्रलाइ पनि उद्योग सरह मन्यता दिने बताएका छन ।

आज होटल तथा पर्यटन ब्यबसायीहरुले बुझाएको ज्ञापनपत्र बुझ्दै मन्त्री रिजालले उक्त कुरा बताएका हुन । होटल तथा पर्यटन ब्यबसायी संघ बिरगंजका अध्यक्ष हरि पन्तको नेतृत्वमा गएको होटल ब्यबासायीहरुको टोलिले पुलचोक मन्त्री निबासमै गएर आफ्नो विभिन्न मागहरु प्रस्तुत गरेका थिए ।

Advertisement

होटल तथा पर्यटन ब्यबसायीहरुको टोलिले देश भर करिब ८० हजारको संख्या छरिएर रहेकोमा यश क्षेत्रलाई सरकारले उद्योगको मान्यता दिए होटल तथा पर्यटन क्षेत्रले बिजुली को रेट देखि अन्य धेरै सुबिधा पाउने कुराको अध्यक्ष पन्तले ब्रीफ गरेका थिए ।

Advertisement

व्यावसायिहरुको समस्या सुनीसके पछि मन्त्री रिजालले कोभिडदेखी हालसम्म होटल तथा पर्यटनक्षेत्रले सबै भन्दा बढि क्षती ब्यहोरेकोले आफ्नो सधै यस क्षेत्रसंग सदासयता रहेको बताए ।

टोलिमा संघका बरिस्ठ उपाध्यक्ष रचिन्द्र थापा , केन्द्रिय सदस्यहरु माधब बस्नेत , हिरा श्रेष्ठ लगाएत मिडियाकर्मीहरुको उपस्तिथि रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *