Categories समाचार

नेपाली बजारमा सुनचाँदीको मूल्य सामान्य वृद्धि

काठमाडौँ । आज नेपाली बजारमा सुनचाँदीको मूल्य सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको मूल्यसूची तय गर्दै शुक्रबारको तुलनामा सुन र चाँदीको मूल्यमा सामान्य वृद्धि आएको हो ।

सुनको मूल्य तोलामा १०० र चाँदीको मूल्य तोलामा ५ रुपैयाँले वृद्धि आएसँगै आज छापावाल सुनको मूल्य १ लाख ९ हजार २०० रुपैयाँ कायम छ । यस्तै, आज तेजाबी सुनको मूल्य तोलामा १ लाख ८ हजार ७०० रुपैयाँ कायम छ ।

Advertisement

गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९ हजार १०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ८ हजार ६०० रुपैयाँ कायम थियो । सुनको मूल्यमा सामान्य वृद्धि आएको दिन चाँदीको मूल्य पनि बढेको छ ।

Advertisement

आज तोलामा ५ रुपैयाँले बढ्दै चाँदीको कारोबार भइरहेको महासंघले जनाएको छ । यससँगै, आज चाँदीको मूल्य तोलामा १४ सय १५ रुपैयाँ कायम छ । साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *