Categories समाचार

मुख्यमन्त्री यादव भन्छन् : मेरै पाकेट दुई दुई पटक मारियाे

Advertisement

जनकपुरधाम । भीआईपीहरुको अगाडि पछाडि सुरक्षाकर्मीको टोली तैनाथ हुन्छन् । तर तिनै भीआईपीको खल्तीबाट पैसा चोरी हुन्छ भन्दा आश्चर्य लाग्न सक्छ । तर मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव आफैंले आफू सभामुख पदमा रहेको बेला र मुख्यमन्त्री भएको बेला दुई पटक पाकेटमारबाट पीडित भएको घटना सुनाएका छन् ।

आइतबार जनकपुरधाममा उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ समेत सहभागी एक कार्यक्रममा मुख्यमन्त्री यादवले भने, ‘म सभामुख थिएँ, गाउँ गएको थिएँ, मेरै खल्तीबाट ५० हजार काटिदियो ।’

Advertisement

जसपा अध्यक्ष उपेन्द्र यादव उपनिर्वाचनमा विजय भएपछि निकालिएको विजय जुलुसमा सहभागी भएको बेलामा पनि आफ्नो खल्तीबाट पैसा चोरिएको घटना यादवले सुनाए । उनले भने, ‘म मुख्यमन्त्री भएर भर्खर गएको थिएँ बिहीबार । मेरै घरको दुई किलोमिटर बगलमा उपेन्द्र जीको विजय जुलुस आयो । म त्यहाँ गएँ । त्यो दिन पनि मेरो खल्तीबाट पैसा चोरिदियो ।’

Advertisement

आफू पाकेटमारबाट पीडित भएका दुई प्रतिनिधि घटना सुनाउँदै उनले सुरक्षा व्यवस्था फितलो भएको बताए । प्रहरी समायोजन नहुँदा पनि शान्ति सुव्यवस्थामा असर गरेको उनको भनाइ छ । समायोजन नगरे पनि समन्वयमा काम गरिदिँदा पनि समस्याको समाधान निकाल्न सकिने उनको मत छ ।साभार:अनलाइनखबर

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *