वीरगन्ज । पर्सा प्रहरीले बिल बिजक भन्दा बढीको मालसामान बोकेको ट्रकलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय पर्साले विशेष सूचनाको आधारमा वीरगन्जबाट रुपन्देही तर्फ जादै गरेको ना ४ ख ८७४० नम्बरको मालबाहक ट्रकमा लोड रहेको औषधी तथा मालबस्तुहरुको बिल बिजक शंकास्षद देखिएको हुदा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
६२ लाख ८ हजार ५ सय त्रियानब्बे रुपैयाँ बराबरको सामानहरु सहित ट्रकलाई नियन्त्रणमा लिइएको पर्सा प्रहरी प्रबक्ता एवम प्रहरी नायब उपरीक्षक दिपक गिरीले बताउनुभयो।
ट्रक भित्र लोड रहेको औषधी तथा खुद्रा सामानहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको प्रहरी नायब उपरीक्षक गिरीले जानकारी दिनु भयो।


