Categories समाचार

प्रतितोला २ सय रुपैयाँले घट्यो सुनको मुल्य

Advertisement

काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबार सुनको मूल्य घटेको जनाएको छ । आजको मूल्यसूची तय गर्दै महासंघले आइतबारको तुलनामा सुनको मूल्य घटेको र चाँदीको स्थिर कायम भएको जानकारी दिएको हो ।

तोलामा २०० रुपैयाँ घटेसँगै आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९ हजार रुपैयाँ कायम छ । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख ८ हजार ५०० रुपैयाँ कायम भएको महासंघले जानकारी दिएको छ ।

Advertisement

आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९ हजार २०० र तेजाबी सुनको मूल्य १ हजार ८ हजार ७०० रुपैयाँ कायम थियो । आज चाँदीको मूल्य भने स्थिर छ । यससँगै, आज चाँदीको मूल्य १४ सय १५ रुपैयाँ कायम छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *