काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रचण्ड सरकारमा सहभागी हुने कि नहुनेबारे शुक्रबार अन्तिम निर्णय लिने भएको छ ।
महामन्त्री डा. मुकुल ढकालले सरकारमा जाने वा नजानेबारे शुक्रबार पार्टीले निर्णय लिने जानकारी दिए ।
सोमबार पार्टी कार्यालय बसुन्धारामा बसेको पार्टीको केन्द्रीय समिति बैठकमा सरकारमा सहभागी हुने कि नहुनेबारे खासै छलफल नभएको पनि उनले बताए ।
बैठकले सभापति रवि लामिछानेलाई पार्टी संसदीय दलको नेता बनाउने निर्णय भने गरेको छ । पार्टीको उक्त निर्णयलाई आजै बस्ने संसदीय दलको बैठकले अनुमोदन गर्ने प्रवक्ता ढकालले जानकारी दिए ।






